सेभियामाथि डर्टमुन्डको सहज जित
काठमाडौं,एजेन्सी - जर्मन क्लब बोरुसिया डर्टमुन्डले युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलमा जित निकालेको छ । गएराति भएको पहिलो लेगको खेलमा डर्टमुन्डले स्पेनिस क्लब सेभियालाई ३-२ ले पराजित गरेको हो ।
खेलको सातौ मिनेटमा सुसोले गोल गर्दै घरेलु टोली सेभियालाई सुरुवाती अग्रता दिलाएका थिए । १९औं मिनेटमा माहमुद दाहुदले गोल गर्दै डर्टमुन्डलाई खेलमा फर्काए । खेलको २७औं मिनेटमा अर्लिङ हालान्डले गोल गर्दै डर्टमुन्डलाई २–१ को अग्रता दिलाए । त्यसपछि ४३औं मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो तेस्रो गोल गरेपछि डर्टमुन्डले ३–१ को अग्रता लियो ।
खेलको ८४ औं मिनेटमा लुक डी जोङले एक गोल गर्दै सेभियालाई खेलमा फर्काउने कोसि गरेपनि सफल हुन सकेन । अन्त्यमा डर्टमण्ड ३-२ ले विजयी भयो । दोस्रो लेग डर्टमुन्डको मैदानमा १० मार्चमा हुनेछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस