बाँके अदालतका नायब सुब्बा घुससहित पक्राउ
काठमाडौं - बाँके जिल्ला अदालतका एकजना नायब सुब्बा घुससहित पक्राउ परेका छन् ।
बाँके जिल्ला अदालतको सामान्य (क) फाँटमा कार्यरत नायब सुब्बा रामप्रसाद धमलालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलको सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले बिहीबार १२ हजार रूपैयाँ सहित नियन्त्रणमा लिएको हो ।
फैसलाको प्रतिलिपि दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुसररिसवतवापत १३ हजार रूपैयाँ माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा पुगेको अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।
उनलाई घुस लिइसकेको अवस्थामा उक्त रकमसहित नेपालगञ्ज उपमहानगरपालिका(९ शान्तिनगरस्थित यातायात चोकबाट नियन्त्रणमा लिइएको हो । उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस