बझाङ - बझाङमा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन्।

बुधबार बिहान केदारस्युँ गाउँपालिका–७ भामचौर नजिकै डाँडाइजर सुडेधार खोलामा जीप दुर्घटना भएको हो।

प्रहरीका अनुसार से ००१ च ४३७६ नम्बरको जीप ब्रेक फेल भएर अनियन्त्रित हुँदा सडकबाट करिब २० मिटर तल खसेको थियो।

काँडाचौरका स्थानीयलाई बोकेर बाग्थलातर्फ जाँदै गरेको जीप दुर्घटनामा परी केदारस्युँ गाउँपालिका–७ काँडाचौरका गोपाल धामी र पवित्रा धामीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा ६ जना गम्भीर घाइते भएका छन्। घाइतेहरूको उद्धार तथा उपचारसम्बन्धी थप विवरण आउन बाँकी छ।