काठमाडौं - सुन्धारास्थित एक होटलबाट लागुऔषध खैरो हेरोइनसहित तीनजना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा चितवनकी ४० वर्षीया सपना गुप्ता, पोखराका २२ वर्षीय जोसिन बानियाँ र तनहुँका ज्योतिश्याम श्रेष्ठ छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई चैत ५ गते पक्राउ गरेको थियो । काठमाडौंको सुन्धारास्थित होटल न्यु निप्पोनको कोठा नं ३०१ मा लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा कार्यालयको टोली त्यहाँ पुगेको थियो ।

पक्राउ परेकाहरूको साथबाट खैरो हेरोइन ८० ग्राम, डिजिटल तराजु, दुई लाख ९४ हजार रुपैँया समेत बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउहरुमाथि कारर्बाही र थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।