आज नवरात्रीको पहिलो दिन : शैलपुत्री देवीको पूजाआरधना गरिँदै
काठमाडौं - नवरात्रको पहिलो दिन आज बिहीबार नवदुर्गा भवानीको शैलपुत्री स्वरूपको पूजाआरधना गरेर मनाइँदैछ। शैल भन्नाले हिमाल र पुत्री भन्नाले छोरी बुझिन्छ । हिमालयकी छोरी (पार्वती) भएकीले शैल पुत्री भनिएको हो।
दुर्गा भवानीका नौ स्वरुपमध्ये शैलपुत्री पनि एक हो। दाहिने हातमा त्रिशुल र बाँया हातमा कमलको फूल लिएर बसाहको सवारी गर्ने शैलपुत्री स्वरूपा देवीको जाज्वल्यमान स्वरूपको ध्यान मात्र गर्नेले पनि संकट टर्ने विश्वास गरिन्छ। मार्कण्य पुराणको अनुसार शैलपुत्री नवदुर्गामा पहिलो दुर्गा हुन् । शैलपुत्री देवीको पूजामा सेतो कपडा र सेतै फूल चढाउनु पर्ने उल्लेख छ । साथै कंदमूल वा ऋतु फल चढाउनु भनिएको छ।
नवरात्रको अवधिभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौ दिन कालरात्री, आठौ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस