वैद्यले लिखित माफी माग्नुपर्ने एमाले संसदीय दलको माग
खबर एक्सप्रेस
२०७८-०३-०१ १२:५१ मा प्रकाशित
Total Shares: 457
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले) वाग्मती प्रदेशसभा संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिने नेपाली कांग्रेसका नेता तथा प्रदेशसभा सदस्य नरोत्तम वैद्यले लिखित माफी माग्नुपर्ने निर्णय गरेको छ ।
दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज बसेको बैठकले प्रदेशसभा सदस्य वैद्यले राखेको अराजक तथा गैरराजनीतिक अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गर्ने निर्णय गरिएको दलका मुख्य सचेतक दीपक निरौलाले जानकारी दिए ।
यसैबीच प्रधानमन्त्री ओलीविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै चौतर्फी विरोध भएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस