काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । 

सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ८६ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बुधबार प्रतितोलामा ३ सयले बढेर ८६ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ।  तेजावी सुनको मूल्य तोलाको ८६ हजार ४५० रुपैयाँ‍ रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । बुधबार चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर एक हजार २७० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।