एभर्टन साउथह्याम्पटनसँग स्तब्ध
काठमाडौं, एजेन्सी - इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको एभर्टन पराजित भएको छ ।
गएराति भएको खेलमा १० खेलाडीमा सिमित एभर्टन साउथह्याम्पटनसँग २-० गोल अन्तरले पराजित भएको हो । साउथह्याम्पटनलाई जित दिलाउन जेम्स वार्ड र चे एडम्सले एक एक गोल गरे ।
घरेलु मैदानमा खेलको २७ औं मिनेटमा जेम्सले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ३५ औं मिनेटमा एडम्सले गोल गर्दै साउथह्याम्पटनलाई २-० को जित दिलाए ।
खेलको ७२ औं मिनेटमा लुकास डिग्नीले रातो कार्ड पाएपछि एभर्टन १० खेलाडीमा समेटिएको थियो ।
जितसँगै साउथह्याम्पटनले ६ खेलमा १० अंक जोडेको छ । साउथह्याम्पटन पाँचौं स्थानमा समेत उक्लिएको छ । पराजित भएको एभर्टन ६ खेलमा १३ अंक जोडेर शीर्ष स्थानमा यथावत रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस