काठमाडौं,एजेन्सी - इंग्लिस प्रिमियर लिगमा टोटेनहमले शानदार जित हात पारेको छ । गएराति भएको खेलमा टोटेनहमले क्रिस्टल प्यालेसलाई ४–१ को गोल अन्तरले पराजित गरेको हो । 

खेलको २५औं मिनेटमा ग्यारेथ बेलले गोल गर्दै टोटेनहमलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, पहिलो हाफको इन्ज्युरी समयमा क्रिस्टियन बेन्टेकेले गोल गर्दै क्रिस्टल खेलमा फर्काए । त्यसपछि ४९ औं मिनेटमा बेलले व्यक्तिगत दोस्रो गोल गर्दै टोटेनहमलाई २-१को पुनः अग्रता दिलाए । 

५२औं मिनेटमा केनले गोल गर्दै टोटेनहमलाई जिततर्फ अग्रसर बनाए । ७६औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै टोटेनहमलाई ४–१ को शानदार जित दिलाए । जितसँगै टोटेनहम २७ खेलमा ४५ अंक जोडेर लिगको छैटौं स्थानमा छ । पराजित क्रिस्टल ३४ अंकसहित १३ औं स्थानमा छ ।