गोरखाबाट पठाइएको फूलपाती हनुमानढोकामा भित्र्याइयो
खबर एक्सप्रेस
२०७७-०७-०७ ०४:५७ मा प्रकाशित
Total Shares: 347
काठमाडौं - गोरखा दरबारस्थित दशैँघरबाट पठाइएको फूलपाती शुक्रबार अपरान्ह काठमाडौंको हनुमानढोकामा भित्र्याइएको छ। साइतअनुसार नै हनुमानढोकामा फूलपाती भित्र्याइएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिए।
विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहान ९ः१० बजेको शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौँ पठाएका थिए ।
गोरखा दरबारका कर्मचारी चुडानिधि तिवारीले फूलपाती ल्याएका हुन्। यस वर्ष कोरोना महामारीले गर्दा सीमित व्यक्तिले भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका विधि अपनाएर फूलपाती ल्याएका हुन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस