काठमाडौं -प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चैत ६ गते (सोमबार) विश्वासको मत लिने भएका छन् । 

गत पुस १० गते एमाले लगायतको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पुस २६ गते विश्वासको मत लिएका थिए । उनलाई संसद बैठकमा उपस्थित २७० सांसदमध्ये २६८ जनाले विश्वासको मत दिएका थिए । 

तर, कांग्रेस नेतृत्वमा नयाँ गठबन्धन बनेसँगै प्रचण्ड सरकारबाट एमाले, रास्वपा र राप्रपा बाहिरिएका छन् ।  एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पधानमन्त्री दाहालले पुनः विश्वासको मत लिने भएका हुन् ।

एमाले र राप्रपाले प्रधानमन्त्रीमाथिको समर्थन फिर्ता लिएका छन् भने रास्वपाले समर्थन कायमै राखेको छ ।