काठमाडौं उपत्यकामा निषेधाज्ञा थपियो, पुरानै नियमलाई निरन्तरता
खबर एक्सप्रेस
२०७८-०४-१० ०४:३७ मा प्रकाशित
Total Shares: 423
काठमाडौं - काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप १० दिन थपिएको छ। आइतबार बसेको जिल्ला प्रशासन कार्यालय काठमाडौं,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो।
निषेधाज्ञा भोलि (सोमबार) देखि साउन २० गतेसम्म जारी रहने निर्णय भएकाे छ। जारी निषेधाज्ञा आज आइतबार (आज) सकिँदै छ। तीन वटै जिल्लाले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै पुरानै नियमलाई निरन्तरता दिएको छ।
थप १० दिनको निषेधाज्ञामा कुनै पनि प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाँचघर, क्लबका कार्यक्रमहरू सञ्चालनमा रोक लगाइएको छ।
यसअघि पनि यी क्षेत्रमा रोक लगाइएकाे थियाे।


.gif)



फेसबुक पेज Like गर्नुहोस