आज बस्ने भनिएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित
खबर एक्सप्रेस
२०८२-०७-३० ०९:२३ मा प्रकाशित
Total Shares: 115
काठमाडौं - नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बस्ने भनिएको बैठक स्थगित भएको छ ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार दिउँसो २ बजे बोलाइएको बैठक अब आगामी मंसिर १ गते सोमबार सोही समयमा बस्ने गरी सारिएको हो ।
पौडेलले जारी गरेको सूचनामा बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेश कार्यसमितिका सभापतिको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको उल्लेख छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस