सहमतिको सरकार बन्नुपर्ने कांग्रेसको माग छैनः कांग्रेस प्रवक्ता
खबर एक्सप्रेस
२०७६-१२-१६ ०२:१३ मा प्रकाशित
Total Shares: 384
काठमाडौं - नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सहमतिको सरकार बन्नुपर्ने कांग्रेसको माग नभएको स्पष्ट पारेका छन् ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सहमतिको सरकार बन्नुपर्ने धारणा राखेका समाचारहरु आइरहेका सन्दर्भमा प्रवक्ता शर्माले त्यस्तो माग कांग्रेसको नभएको प्रष्ट पारेका हुन् ।
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै प्रवक्ता शर्माले भनेका छन् – ‘सहमतिको सरकार बन्नुपर्ने कांग्रेसको माग छैन र यसबारे कुनै छलफल समेत भएको छैन ।’
संकटमा सरकारलाई सघाउनु, सुझाव र दबाब दिनु आफूहरुको कर्तव्य भएको उल्लेख गर्दै उनले भनेका छन् – ‘सरकारमा सँगै नभएर पनि सँगै लड्न सकिन्छ । यही हो नेपाली कांग्रेसको आधिकारिक धारणा १’
फेसबुक पेज Like गर्नुहोस