काठमाडौं - पछिल्लो समयमा काठमाडौंलगायत देशैभर कोरोना संक्रमितको सँख्या बढ्दै गइरहेको छ। अहिले सरकारी कार्यलय, उद्योग ब्यवसाय देखि बैंक तथा वित्तीय संस्थामा पनि कोरोनाको संक्रमण बढिरहेको छ । विशेष गरी कठमाण्डौमा केरोनाको जोखिम अत्याधिक रहेको छ।

बैंकिङ क्षेत्रमा मात्रै हाल झण्डै ५० हजार कर्मचारी कार्यरत रहेकोमा ६ हजार भन्दा बढी कर्मचारी कोरोनाबाट संक्रमित भइसकेका छन्।

बैंकका कर्मचारीहरुमा अझ धेरै संक्रमण देखिएको छ। बैंकहरुमा कोरोनाको संक्रमण बढ्दै गएपछि बैंकहरुले सकेसम्म ग्राहकलाई डिजिटल बैंकिंगलाईमार्फत कारोबार गर्न आग्रह गर्दे आएका छन्।

गत वर्षहरुमा दर्शैँ तिहार जस्ता चार्डपर्वमा समेत आलोपालो गरेर केहि समयको लागि भए पनि बैंक खोलेर सेवा दिँदै आएका बैंकहरुले यस वर्ष भने दशैँमा ५ दिन बैंक पुर्णरुपमा बन्द गरेका थिए। तिहारमा पनि तीन दिन बैंक पुर्णरुपमा बन्द रहेने बैंकर्स सँघले जानकारी गराएको छ।

तिहारमा बैंक बन्द भएपछि डिजिटल बैंकिंग र एटिएम सेवा सुचारु रहने सँघले जनाएको छ। सँघले ग्राहकहरुलाई तिहारमा डिजिटल बैंकिंग मार्फत नै कारेबार गर्न भनेको छ।