प्रचण्डपछि ओलीलाई भेट्न बालुवाटार पुगे वामदेव
खबर एक्सप्रेस
२०७७-११-१४ ०३:५७ मा प्रकाशित
Total Shares: 322
काठमाडौं - नेकपा उपाध्यक्ष एवं पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्।
शुक्रबार दिउँसो वामदेव बालुवाटार पुगेको स्रोतले बतायो । अहिले बालुवाटारमा प्रधानमन्त्री ओली र उपाध्यक्ष गौतमबीच छलफल चलिरहेको छ ।
प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि वामदेव प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गएका हुन्।
यसअघि सर्वोच्च अदालतले संसद पुनस्थापना गर्न आदेश दिएसँगै गौतमले ओलीलाई प्रधानमन्त्री पदबाट राजीनामा दिन सुझाएका थिए । बिहीबारमात्रै वामदेवले नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई भेटेका थिए ।
फेसबुक पेज Like गर्नुहोस