थप ४७६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १३ हजार २४८ पुग्यो
खबर एक्सप्रेस
२०७७-०३-१५ ०४:०० मा प्रकाशित
Total Shares: 422
काठमाडौं - नेपालमा थप ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार २४८ पुगेको मन्त्रालयले बताएको छ ।
मन्त्रालयका प्रवक्ता गौतमका अनुसार संक्रमितमध्ये हालसम्म कोरोनाबाट निको हुनेको संख्या ३ हजार १ सय ३४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १२१ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । नेपालमा ७७ वटै जिल्लामा संक्रमण फैलिएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस