सिन्धुपाल्चोक - सिन्धुपाल्चोकमा भएको यात्रु बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ।

त्यस्तै, गम्भीर घाइते भएका १३ जनालाई काठमाडौं ट्रमा सेन्टरमा उपचारको लागि पठाइएको र ५१ जना धुलिखेल अस्पतालमा उपचार गराइएको सिन्धुपाल्चोकको डिएसपी माधव काफ्लेले जनाकारी गराए।

मृतक पाँच सनाखत भएको छ। दुर्घटनामा मृत्यु हुनेमा जुनादेवी लम्साल, सुभाष अधिकारी, गणेश तामाङ, मीना मगर र सुमित पुर्कुटीको सनाखत भएको हो। अन्यको सनाखत हुन नसकेको प्रहरी नायब उपरीक्षक माधव काफ्लेले  बताए। 

 बा२ख २७१५ नम्बरको बस क्षमताभन्दा धेरै यात्रु बोकेका कारण दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ।