काठमाडौं - अविरल वर्षाका कारण पहिरो खस्दा मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार आइतबार बिहान नाम्सी खोला पुलमाथिबाट पहिरो खसेपछि सडकमा सवारी आवागमन रोकिएको हो।
कार्यालयले बिहान ७ः५५ बजे जारी गरेको अपडेटअनुसार पहिरो हटाउने काम सुरु गरिएको छ। पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन करिब २ घण्टा लाग्ने अनुमान गरिएको छ।
सडक अवरुद्ध भएपछि मुग्लिन–नारायणगढ खण्डमा सवारीसाधन रोकिएका छन्। लगातारको वर्षाका कारण उक्त सडकखण्डमा थप पहिरोको जोखिमसमेत रहेकाले यात्रु तथा चालकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।



