बागलुङ - निरन्तर वर्षा भइरहेका बेला बागलुङमा पहिरो जाँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख फणीन्द्र प्रसाईंका अनुसार निसीखोला गाउँपालिका–३ की श्यामकुमारी विक र उनका तीन छोरा मनोज, मुकेश र निसान विकको पहिरोमा पुरिएर मृत्यु भएको हो ।
पहिरोमा पुरिएका उनीहरूमध्ये तीन जनाको शव केहीबेरअघि निकालिएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप विवरण आउन बाँकी छ ।



