काठमाडौं - साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

दशैं अघि असोज १७ गते शुक्रबार छापावाल सुन प्रति तोला ७० हजार ९ सय रुपैयाँमा कारोबार भएकोमा आज (शुक्रबार) छापावाल सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेको छ ।

यस दिन छापावाल सुनको मूल्य ७० हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी शुक्रबार तेजाबी सुन प्रतितोला ७० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको पनि भाउ घटेको छ । आज चाँदीको भाउ प्रति तोलामा ८४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

विश्व बजारमा पनि सुनको भाउ केही घटेकाले नेपाली बजारमा त्यसको प्रभाव देखिएको हो । लामो समयदेखि बृद्धिको ट्रेन्ड देखिएकोमा सुनको भाउ केही दिनदेखि थोरै थोरै घटिरहेको छ ।