काठमाडौं - नेपाली बजारमा लगातार दोस्रो दिन पनि सुनको मूल्य घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सोमबार तोलामा १ हजार ३०० रुपैयाँले घटेको सुन आज मंगलबार १ हजार ७०० रुपैयाँले घटेको हो।

मंगलबार सुन प्रतितोला ३ लाख २ हजार २०० रूपैयाँ कायम भएको छ। सोमबार सुन प्रतितोला ३ लाख ३ हजार ९०० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेर प्रतितोला ४ हजार ७७५ रूपैयाँ कायम भएको छ। 

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ।