काठमाडौं - रसुवा र नुवाकोटसहित देशका २२ जिल्लामा मंगलबार पनि आकस्मिक बाढीको जोखिमको पूर्वानुमान गरिएकाे छ।
बाढी पूर्वानुमान महाशाखाले भारी वर्षासँगै कतिपय साना-ठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको जनाएको हाे। मंगलबार ताप्लेजुङ, पाँचथर, सुनसरी, मोरङ, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, धनकुटा, भोजपुर, खोटाङ, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, रसुवा, नुवाकोट, धादिङ, गोरखा र आसपासका जिल्ला भई बहने स–साना नदीमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरिएकाे छ।
साेही जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको हाे। महाशाखाले केही ठूला नदीमा पनि बहाव उल्लेख्य रुपमा बढ्ने पूर्वानुमान गरेकाे छ।

.gif)


