सरकारले परिणाममुखी काम गर्न नसकेको कांग्रेसको ठहर
काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले परिणाममुखी काम गर्न नसकेको बताएको छ ।
पार्टी कार्यालय सानेपामा आइतबार गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले दुई वर्षको अवधिमा परिस्थितिलाई प्रतिकूल बनाएको आरोप कांग्रेसले लगाएको छ ।
सरकार अधिनायकवाद तर्फ उन्मुख भएको भन्दै कांग्रेसले सरकारले परिणाममुखी ढंगले काम गर्न नसकेको ठहर गरेको हो । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले चुनावी घोषणापत्रको भने अनुसार काम गर्न नसकेको कांग्रेसको भनाई छ ।
कांग्रेसले सरकारबाट अधोगतितर्फ लागेको बताएको छ । राष्ट्रियता, लोकतन्त्र, संविधान र संघीयता, शान्ति सुरक्षा, सुशासन र समृद्धि, सदाचार र भ्रष्टाचार, रोजगारी सृजना तथा सांस्कृतिक रुपान्तरणको हिसावबाट सरकार अधोगतितर्फ उन्मुख भएको ठहर गरेको हो ।
फेसबुक पेज Like गर्नुहोस