‘नागरिकता सम्बन्धी अध्यादेश संविधानको हुवहु थियो, सर्वोच्चले उल्ट्याइदियो’
खबर एक्सप्रेस
२०७८-०२-२८ १०:०० मा प्रकाशित
Total Shares: 332
काठमाडौं - नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नागरिकता सम्बन्धी अध्यादेश संविधानको हुवहु भएको दाबी गरेका छन् ।
सरकारले ल्याएको नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न बिहीबार सर्वोच्च अदालतले परमादेश दिएपछि पोखरेलको यस्तो धारणा आएको हो ।
‘नागरिकतासम्बन्धी अध्यादेश संविधानको हुवहु थियो । त्यस सम्वन्धमा सर्वोच्चका परमादेश थिए । तर, सर्वोच्चलेनै उल्टाइदियो । धन्य छौँ हामी,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस