मौसम अपडेटः काठमाडौंमा वर्षासँगै चन्द्रागिरिमा हिमपात
खबर एक्सप्रेस
२०७८-०९-१४ ०७:१६ मा प्रकाशित
Total Shares: 321
काठमाडौं - हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रही अधिकांश स्थानहरूमा हल्का वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात भइरहेको छ ।
यतिबेला काठमाडौंमा पनि वर्षा भइरहेको छ । काठमाडौंमा वर्षासँगै प्रमुख पर्यटकीय केन्द्र चन्द्रागिरिमा हिमपात सुरु भएको छ । चन्द्रागिरी हिल्स लिमिटेडका जेनेरल म्यानेजर अभिषेक बिक्रम शाहले चन्द्रागिरीमा हिमपात सुरु भएको जानकारी दिएका हुन् ।
फेसबुक पेज Like गर्नुहोस