नेकपा माओवादी केन्द्रको बैठकमा पार्टीको नाम परिवर्तन गर्ने प्रस्ताव
खबर एक्सप्रेस
२०७७-१२-०१ ०१:२९ मा प्रकाशित
Total Shares: 385
काठमाडौं - पार्टी कार्यालय पेरिसडाँडामा नेकपा माओवादी केन्द्रको बैठक जारी छ । बैठकमा विशेष ६ वटा एजेण्डालाई प्राथमिकतामा राखेर छलफल भइराखेको बताइएको छ ।
मुख्य त अन्य विषयभन्दा पनि पार्टीको नाम परिवर्तन गर्ने विषयलाई महत्व दिइने बताइएको थियो । आज उक्त विषयबारे बैठकमा छलफल गर्न प्रस्ताव लगिएको स्रोतले जनाएको छ ।
पछिल्लो समय नाम परिवर्तन गरेर समेट्न नसकिएका नेता तथा कार्यकर्तालाई पनि पार्टीमा समावेश गर्न मिल्ने गरी नाम फेर्ने प्रस्ताव केन्द्रीय समितिको बैठकमा प्रवेश गरेको हो ।
फेसबुक पेज Like गर्नुहोस