नेपालमा आज थप ८०५ जनामा कोरोना पुष्टि, ८ जनाको मृत्यु
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ८०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७ हजार २६४ र एन्टिजेन विधिबाट ३ हजार ४०८ जनामा परिक्षण गर्दा ८०५ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख २८२ र एन्टिजेनबाट ९२ हजार ७९० जना पुगेको छ ।
यस्तै, आज थप ९११ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ७३ हजार १४० जना पुगेको छ । निको हुने दर ९६.६ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार २०० पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ९४२ रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस