थप दुई हजार ८१७ जनामा कोरोना संक्रमण पुष्टि
खबर एक्सप्रेस
२०७७-०७-२३ ०४:४३ मा प्रकाशित
Total Shares: 299
काठमाडौं - पछिल्लो २४ घण्टामा थप २ हजार ८१७ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। यससँगै देशभर कूल संक्रमितको संख्या १ लाख ९४ हजार ४५३ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार २ हजार ८१२ जना संक्रमण मुक्त भएका छन्। हाल देशभर ३५ हजार ४१९ जनामा संक्रिय संक्रमण रहेको छ।
आज २१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। कोभिड १९ संक्रमणका कारण हालसम्म १ हजार १०८ जनाको मृत्यु भइसकेको छ।
आइतबार उपत्यकामा १ हजार ५३३ जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौंमा १ हजार २९४ जनामा संक्रमण देखिँदा भक्तपुरमा ७७ र ललितपुरमा १६२ जनाामा संक्रमण देखिएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस