काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने १ करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।

लामिछानेले बैंक ग्यारेन्टीमार्फत १ करोड रुपैयाँ धरौटी बुझाएका हुन् ।

आइतबार जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासले सुप्रिम सहकारी ठगी प्रकरण लामिछानेलाई १ करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

सुप्रिम सहकारीको रकम संगठित ठगीमा रविसहित २२ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा पूरक अभियोगपत्र दर्ता गरिएको थियो । पूरक अभियोगमा ५५ करोड ५९ लाख ८३ हजार ८ सय ४२ रूपैयाँ बिगो मागदाबी गरिएको थियो ।