प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
खबर एक्सप्रेस
२०८१-११-१३ ०८:२८ मा प्रकाशित
Total Shares: 124
काठमाडौं - संघीय संसद् प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ ।
बैठक दिउँसो १ बजेका लागि बोलाइएको हो ।
संसद् सचिवालयका अनुसार बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ र ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ प्रस्तुत गर्ने कार्यसूची छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रियसभामा उत्पत्ति भएको ‘आमसञ्चार परिषद् विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस