काठमाडौं,एजेन्सी - ब्याट्सम्यान बाबर आजम पाकिस्तानको टेस्ट क्रिकेट टिमका कप्तान नियुक्त भएका छन् ।

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले आजमलाई टेस्ट टिमको समेत कप्तानी दिएको हो ।

पीसीबीले अजहर अलीलाई हटाएर २६ वर्षिय आजमलाई कप्तान चयन गरेको हो । यससँगै आजमले तीन वटै फर्म्याटको कप्तानी सम्हाल्ने भएका छन् ।