काठमाडौं उपत्यकामा आज एकैदिन ४८१ जनामा कोरोना पुष्टि
खबर एक्सप्रेस
२०७७-०५-१६ ०४:४१ मा प्रकाशित
Total Shares: 384
काठमाडौं - काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका ३९३ जना, ललितपुरका ५८ जना र भक्तपुरका ३० जनामा कोरोना संक्रमण देखिएको हो ।
सोमबार मात्र काठमाडौँ उपत्यकामा २९८ जनामा कोरोना देखिएको थियो । संक्रमितहरु कुन स्थानको भन्नेबारे मन्त्रालयले खुलाएको छैन ।
नेपालमा पछिल्लो २४ घण्टामा १०६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ। ७६८ जना संक्रमण मुक्त भएका छन् ।
फेसबुक पेज Like गर्नुहोस