काठमाडौं - नेकपा माओवादी केन्द्रले पूर्वउपराष्ट्रपति पासाङलाई उत्पादन विभागको जिम्मेवारी दिने तयारी गरेको छ ।

सोमबार बसेको पार्टीको पदाधिकारी बैठकमा पासाङलाई उक्त विभागको जिम्मेवारी दिनेबारे सकारात्मक छलफल भएको हो ।

अध्यक्ष प्रचण्डले यसबारे थप गृहकार्य गरेर पासाङसहितका सबै नेताहरूको जिम्मेवारी ठोस गर्ने बताइएको छ ।

यसबारे केही दिनमा पार्टीले मातहतका कमिटीलाई सर्कुलर पठाइने भएको छ ।