राजसंस्था पुनःस्थापनाका लागि देश र प्रवासमा समेत आन्दोलन परिचालन समिति
काठमाडौं - राजसंस्था पनुर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले देशभर र प्रवासमा पनि समिति गठन गर्ने भएको छ।
समितिले वक्तव्य जारी गर्दै देशभरका सबै जिल्ला र प्रवासमा संयुक्त आन्दोलन परिचालन समिति विस्तार गर्ने बताएको हो । समितिका प्रवक्ता स्वागत नेपालले आन्दोलन कमजोर नभएको बताउँदै अझै सशक्त बनाउन देशैभर समिति गठन गरेर आन्दोलनलाई सभ्य रुपमा अघि बढाउने बताएका छन् ।
अहिले औपचारिक रुपमा आन्दोलन नै सुरु नभएको बताउँदै उनले चरणबद्ध कार्यक्रम घोषणा गर्ने बताएका छन् । जस अनुसार प्रचारात्मकदेखि अल्टिमेटम हुँदै अनिश्चितकालीन आमहड्तालका कार्यक्रम घोषणा गरिने उनको भनाइ छ ।
राजावादीहरूले यसअघि यही चैत १५ गते तीनकुनेमा आन्दोलन गरेका थिए । उक्त आन्दोलनले हिंसात्मक रुप लिंदा २ जनाको मृत्यु भएको थियो । आन्दोलनका क्रममा आन्दोलनाकारीहरुले विना कारण सरकारी गाडीहरु जलाए भने पार्किङमा राखिएका निजी सवारीसाधनमा पनि क्षती पुर्याएका थिए ।
आन्दोलनले उग्र रुप लिंदा व्यक्तिगत नीजि सम्पत्तिमा अगाजनी, तोडफोड र लुटपाट समेत भएको थियो । जसले गर्दा चौतर्फी रुपमा राजावादीहरुको विरोध भइरहेको छ ।
फेसबुक पेज Like गर्नुहोस