उपमेयर सुनिता डंगोलद्वारा आफ्नो १०० दिनको काम सार्वजनिक
काठमाडौं - महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले आफ्नो १०० दिनको कामसँगै आउँदो योजना सार्वजनिक गरेकी छन्। उनले एक सय दिनमा गरेका १५ काम र सुरुवात गरेका १० योजना सार्वजनिक गरेका हुन्।
यसबीचमा पुराना २४४ वटा विवादमा न्यायिक सुनुवाई भएको र ५१ वटा विवाद निरुपण भएको उनले जानकारी दिएका छन्। महानगरपालिकाका बासिन्दासँग प्रत्यक्ष अन्तरक्रिया गरी सुझाव लिने तथा समस्या बुझ्ने काम गरेको उनको भनाइ छ।
फोहोर व्यवस्थापनका लागि सकारात्मक पहल सुरु भएको, वडास्तरीय महिला सेल गठन भएको, शिक्षा क्षेत्रमा सुधारको प्रयास भएको, इन्द्रजात्रालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियकरण गर्न पहल गरेको, नेपालभाषाको डिजिटल शब्दकोष निर्माण सुरु गरेको, सम्पदा संरक्षण, पुनर्निर्माण र अनुगमन कार्यलाई प्राथमिकता दिएको विवरण उनले सार्वजनिक गरेकी छन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस