हमासले बन्धक बनाएका ८ जनाको शव भेटियो
खबर एक्सप्रेस
६ घण्टा अगाडि
Total Shares: 7
काठमाडौं - इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले शनिबार योनाटन समेरानो, ओफ्रा केदार र स्टाफ सार्जेन्ट शाई लेभिनसनको शव फेला परेको बताएका छन् ।
उनका अनुसार यो महिनामै गाजाबाट जम्मा आठ जना बन्धकको शव भेटिएको हो ।
नेतन्याहूले मृतक परिवारप्रति समवेदना प्रकट गर्दै बन्धकहरूलाई फर्काउने अभियान जारी रहने बताएका छन् । “हामी जीवित वा मृत सबै अपहरणमा परेकालाई फिर्ता ल्याउँछौँ,” विज्ञप्ती जारी गर्दै उनले भने ।
यस्तै नेपालका विपिन जोशीको अवस्था भने अझै खुल्न सकेको छैन । गत वर्ष अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणमा उनी बन्धक बनिएका थिए ।
फेसबुक पेज Like गर्नुहोस