काठमाडौं, एजेन्सी - इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुल बराबरीमा रोकिएको छ ।

शनिबार साँझ गुड्डीसन पार्कमा भएको खेलमा लिभरपुल १० खेलाडीमा सिमित एभर्टनसँग २-२ गोलको बराबरीमा रोकिएको हो ।दुई पटक अग्रता जोगाउन नसक्दा लिभरपुल बराबरीमा रोकिएको हो ।

खेलको तेस्रो मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई १-० को अग्रता दिलाएका थिए । तर, १९ औं मिनेटमा माइकल किनले गोल गर्दै एभर्टनलाई १-१ गोलको बराबरीमा ल्याए ।

खेलको ७२ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई २-१ को अग्रता दिलाए ।

खेलको ८१ औं मिनेटमा डोमिनिक लेविनले गोल गर्दै एभर्टनलाई हारबाट जोगाए । यस्तै खेलको ९० औं मिनेटमा रिचार्लीसनले रातो कार्ड पाउँदा एभर्टन १० खेलाडीमा समेटिएको थियो ।

बराबरीसँगै लिभरपुल १० अंकसहित अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । एभर्टन १३ अंकसहित तालिकाको शिर्षस्थानमा रहेको छ ।