विश्वासको मत दिनुस्, संसद् विघटन हुँदैन : प्रधानमन्त्री ओली
खबर एक्सप्रेस
२०७८-०१-२७ ०४:४६ मा प्रकाशित
Total Shares: 371
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विश्वासको मत दिएमा प्रतिनिधि सभा फेरि विघटन नहुने बताएका छन् ।
प्रतिनिधि सभाको विशेष अधिवेशनमा प्रतिपक्षी दलका नेताहरूलाई जवाफ दिँदै उनले आफूलाई विश्वासको मत दिएमा प्रतिनिधि सभा फेरि विघटन नहुने बताएका हुन् ।
नागरिकमा भ्रम फैलाउने काम भएको भन्दै उहाँले खोप आयातमा अर्थहिन प्रश्न उठाएको आरोप लगाए । खोप आयात र स्वास्थ्य सामग्री खरिदका क्रममा भ्रष्टाचार भएकोबारे जवाफ दिँदै उहाँले प्रमाणसहित आफूलाई जानकारी गराए कारबाही गर्ने बताए ।
फेसबुक पेज Like गर्नुहोस