काठमाडौं - आज नेपाली बजारमा सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज सुन तोलामा १ हजार १०० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज तेजावी सुनको तोलाको ९५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मुल्य प्रतितोला १० रुपैयाँले १ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको छ ।