काठमाडौं - ललितपुरको बालकुमारी घटनाको छानबिन गर्न पूर्व न्यायाधीशको अध्यक्षतामा आज उच्‍चस्तरीय न्यायिक आयोग गठन गरिने भएको छ ।

सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले घटनाको न्यायिक छानबिनका लागि उच्‍चस्तरीय छानबिन आयोग गठन गर्न लागेको हो ।

आयोगले आजैदेखि कार्य प्रारम्भ गर्ने छ ।आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालयलाई उच्चस्तरीय छानबिन आयोग गठनसम्बन्धी प्रस्ताव ल्याउन निर्देशन दिएका थिए ।

बालकुमारी घटनामा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावत मारिएका थिए । यस्तै भौतिक मन्त्री प्रकाश ज्वालाको गाडी आगजनी भएको थियो ।