रियालिटी शो 'नेपाल आइडल'का निर्णायक परिवर्तन
खबर एक्सप्रेस
२०७८-०५-०४ ०४:३३ मा प्रकाशित
Total Shares: 990
काठमाडौं - चर्चित टेलिभिजन रियालिटी शो नेपाल आइडल’का निर्णायक परिवर्तन भएका छन् । फ्रेन्चाइज गायन रियालिटी शो नेपाल आइडलले सीजन-४का लागि निर्णायकहरु परिवर्तन गरेको हो ।
नयाँ निर्णायकमा गायक शम्भूजित बाँस्कोटा, सुगम पोखरेल र शिवानी मोक्तान रहेका छन् । सीजन-४ मा तीनजना निर्णायकसहित टिकटक स्टार तथा मोडेल रेस्मा घिमिरे पनि जोडिएकी छन् ।
सीजन-३ सम्मका निर्णायक न्ह्यू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी अर्कै रियालिटी शोमा आवद्ध भएपछि व्यवस्थापन समितिले नेपाल आइडल सीजन-४ का लागि नयाँ निर्णायक टीम चयन गरेको हो ।
फेसबुक पेज Like गर्नुहोस