काठमाडौं - फ्रेन्च फुटबल एसोसिएसनले ३० सदस्यीयसहितको बालोन डि ओरको प्रारम्भिक सुची सार्वजनिक गरेको छ । तर सोमबार राति सार्वजनिक गरेको सुचीमा साविक विजेता रियाल म्याड्रिडका मिडफल्डर लुका मोड्रिच भने परेका छैनन् ।

सुचीमा च्याम्पियन्स लिग विजेता इंग्लिस क्लब लिभरपुलका खेलाडीहरुको दबदबा रहेको छ । प्रारम्भिक ३० खेलाडीको सूचिमा लिभरपुलका ७ खेलाडी परेका छन् ।

लिभरपुलबाट मोहम्मद सलाह, साडियो माने, भर्जिल भान डाइक, रोवर्टो फिर्मिनो, एलिसन बेकर, जर्जिन्हो विज्नल्डम र ट्रेन्ट एलेक्सन्डर अर्नोल्ड अटाएका हुन् ।

आधुनिक फुटबलका हस्ती तथा ५–५ पटकको विजेता युभेन्टसका क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका लियोनेल मेस्सी पनि सुचीमा अटाएका छन् । तर पेरिस सेन्ट जर्मेन पीएसजीका स्टार नेयमार भने अटाएका छैनन् ।

यस्तै म्यान्चेष्टर सिटीका ५ खेलाडी सूचिमा छन् । रहिम स्टर्लिङ, रियाद महरेज, केभिन डी ब्रुईन, बर्नाल्र्डो सिल्भा र सर्जियो अग्युरो सूचिमा छन् ।

यस्तो छ प्रारभिक सूचि

लिभरपुल

-मोहम्मद सलाह

-साडियो माने

-भर्जिल भान डाइक

-रोवर्टो फिर्मिनो

-एलिसन बेकर

-जर्जिन्हो विज्नल्डम

-ट्रेन्ट एलेक्सन्डर अर्नोल्ड

म्यान्चेष्टर सिटी

-रहिम स्टर्लिङ

-रियाद महरेज

-केभिन डी ब्रुईन

-बर्नाल्र्डो सिल्भा

-सर्जियो अग्युरो

टोटेनहम

-ह्युगो लोरिस

-सन ह्युङ मिन

आर्सनल

-पियरिक एम्रिक अबुमियाङ

बार्सिलोना

-लियोनल मेस्सी

-फ्रेनकी डी जोङ

-एन्टोनी ग्रिजम्यान

-मार्क आन्द्रे टेर स्टेगन

रियल मड्रिड

-करिम बेन्जेमा

-इडेन हजार्ड

एट्लेटिको मड्रिड

-जोओ फेलिक्स

पेरिस सेन्ट जर्मेन (पीएसजी)

-केलियन एमबाप्पे

-मार्किन्योस

आयाक्स

-डोनी भान डि बिक

-डुसान टाडिक

युभेन्टस

-क्रिस्टियानो रोनाल्डो

-म्याथ्थिज डि लिग्ट

नेपोली

-कलिडोउ कोउलीवाली

बायर्न म्युनिख

-रोवर्ट लेवान्डोस्की