काठमाडौंमा भेटियो बर्ड फ्लु
काठमाडौं - काठमाडौंमा बर्ड फ्लु फेला परेको छ । तारकेश्वर नगरपालिकाको वडा नं ७ साङ्लेखोला, फुटुङका स्थानीय कृषकहरूले पालेका टर्की र हाँसमा बर्ड फ्लु फेला परेको हो ।
टर्की र कुखुरा मरेपछि नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा बर्ड फ्लु रोग पुष्टि भएको पशु सेवा विभागले जनाएको छ ।
बर्ड फ्लु पुष्टि भएपछि १८६५ हाँस, ६२२ बटई, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको विभागले जनाएको छ । रोग देखा परेको क्षेत्रलाई पूर्ण नसंक्रमण गरेर रोग पूर्ण रुपमा नियन्त्रण गरिएको छ ।
सरकारले कुनैपनि पन्छी फार्म वा अन्य पन्छीपालन वा बिक्रीस्थलमा अस्वाभाविक रूपमा पन्छी बिरामी परेमा वा मरेमा तत्काल नजिकको पशु सेवाका निकायमा सूचना गर्न पनि आग्रह गरेको छ ।
फेसबुक पेज Like गर्नुहोस