चार्टर विमानमार्फत् कम्बोडियाले नेपाललाई पठायाे स्वास्थ्य सामग्री
खबर एक्सप्रेस
२०७७-०९-२० ०३:१२ मा प्रकाशित
Total Shares: 300
काठमाडौं - कम्बोडियाले नेपाललाई कोभिड–१९ व्यवस्थापनका लागि स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
सोमबार चार्टर विमानमार्फत् नेपाल आएको कम्बोडियाका सरकारी निकायको टोलीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।
कम्बोडिया सरकारले दिएका स्वास्थ्य सामग्रीमा फेस मास्क २० लाख थान, फेब्रिक फेस मास्क एक लाख थान, एन ९५ मास्क २० हजार थान, चस्मा २० हजार थान, पीपीई सेट २० हजार थानलगायत रहेका छन् ।
फेसबुक पेज Like गर्नुहोस