एमसीसी हुबहु पारित हुनुपर्छ : देउवा
खबर एक्सप्रेस
२०७६-११-२१ ११:०० मा प्रकाशित
Total Shares: 382
काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० सम्झौता हुबहु पारित हुनुपर्ने बताएका छन्।
बुधबार नेपाल प्रेस युनियन कैलालीले धनगढीमा गरेको पत्रकार सम्मेलनमा देउवाले यस्तो बताएका हुन्।
'एमसीसीसँगको सम्झौता जस्तोको त्यस्तै पास हुनुपर्छ यसले नेपाललाई ठूलो पैसा दिएको छ र दिइरहनेछ, देउवाले भने ',यसमा हाम्रो विरोध छैन।'
यस विषयमा आफूहरुको सहमति रहेको बताउँदै देउवाले सरकारसँग पटक(पटक सल्लाह गरौँ भन्दा पनि हुन नसकेको बताए।
देउवाले पछिल्लो समय देशमा भष्ट्राचार मौलाएको बताए। सुदूरपश्चिम सरकारले समेत कुनै काम गर्न नसकेको उनको आरोप छ।
फेसबुक पेज Like गर्नुहोस