काठमाडौ - पाल्पाको तानसेन नगरपालिका-११ सम्मोबारीमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । एकजना व्यक्तिलाई गम्भीर अवस्थामा उद्दार गरिएको छ।

पहिरोले एउटा ट्याङ्कर र एउटा मिनिट्रक पनि बगाएको बताइएको छ । ती सवारी साधनमा कति मानिसहरु सवार थिए भन्‍ने यकिन जानकारी छैन । अहिले घटनास्थलमा नेपाली सेना,सशस्त्र प्रहरी र नेपाल प्रहरी सहित उद्धारकर्मीहरु पुगेका छन् ।मृतकहरुको पहिचान भने खुल्न सकेको छैन ।

आइतबार राति परेको पानीले पहिरो गएपछि उक्त स्थानमा सडक अवरूद्ध भएको थियो । सवारी साधनहरु रोकेर अवरूद्ध सडकमा पहिरो हटाइरहेका बेला सोमबार दिउँसो अचानक उक्त स्थानमा पहिरो गएको स्रोतले बताएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको बताइएको छ ।