सबै उच्च अदालतमा आजदेखि स्वचालित पेशी प्रणाली
काठमाडौं-देशभरका सबै उच्च अदालत र इजलासमा आजदेखि पेशी व्यवस्थापनमा स्वचालित प्रणाली लागू हुने भएको छ । प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सो प्रणालीको आज बिहान ११ बजे पाटन उच्च अदालतबाट शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । यसअघि गोला प्रथाबाट पेशी तोकिँदै आएको थियो ।
सर्वोच्च अदालतमा भने गत भदौ ११ गतेदेखि नै स्वचालित पेशी प्रणाली सुरु गरेको थियो । यो प्रणालीबाट सकारात्मक परिणाम देखिएपछि सबै उच्च अदालतहरूमा प्रणाली लागू गर्न लागिएको सर्वोच्च प्रशासनले जनाएको छ ।
यो प्रणालीले अदालतका कामकारबाहीलाई प्रविधिमैत्री बनाउँदै लैजाने विश्वास गरिएको छ । स्वचालित प्रणाली लागू भएपछि महिनौँसम्म पेसीको पालो नआएको भन्ने गुनासो सम्बोधन हुने विश्वास लिइएको छ।
तत्कालीन न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको अध्ययन समितिले अदालतमा हुने विकृति, विसङ्गति हटाउन स्वचालित पेशी प्रणाली लागू गर्न सुझाव दिएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस