मनसुनको प्रभाव क्रमशः घट्दै, यस्ताे छ आजको मौसम
काठमाडौं - नेपालमा मनसुनको प्रभाव घट्न थालेको छ । मनसुन सकिन करिब दुई साता मात्र बाँकी रहेका बेला झरी पर्न करिबकरिब बन्द भएको छ । यद्यपि, हल्कादेखि मध्यम वर्षा भने भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको पूर्वी राजस्थानमा आसपासमा अवस्थित न्यून चापीय क्षेत्र र बंगालको खाडीको मध्यपूर्वी भूभागमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव नेपालमा छ । मनसुन न्यून चापीय रेखा औसतभन्दा दक्षिणतर्फ छ ।
सोमबार दिउँसो देशभर सामान्य बदली रहनेछ। देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।
मंगलबार मुलुकका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बुधबार राति भने प्रदेश १, २ र बागमतीका थोरै स्थान तथा अन्य प्रदेशका केही भूभागमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस