माओवादीको विधान अधिवेसन आज पनि
खबर एक्सप्रेस
२०८०-११-०२ ०७:३६ मा प्रकाशित
Total Shares: 135
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को प्रथम विधान अधिवेशन आज पनि जारी रहने भएको छ ।
पार्टी अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो उदघाटन गरेको सो अधिवेसनमा आज २० वटा समुहले आ-आफ्नो प्रस्तुति दिनेछन् ।
महासचिव देवप्रसाद गुरुङले हिजो गठन गरिएका २० वटा समूहले प्रस्तावित बिधानमा छलफल गरिसके पछि आज प्रस्तुतिकरण हुन लागेका हो । अध्यक्ष प्रचण्डले बुधबार १ बजेसम्म छलफल गरी आफ्नो समूहको निष्कर्ष अधिवेशनमा प्रस्तुत गर्न समयसिमा तोकि दिएका छन।
तीन दिनसम्म चल्ने अधिवेशनमा २० वटै समूहबाट प्राप्त सुझावका आधारमा विधानलाई अन्तिम रुप दिइने माओवादीले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस